मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भेरी नदीमा यात्रुबाहक बस खस्यो, चारजनाको ज्यान गयो



काठमाडौं फागुन, २–
नेपालगन्जबाट पश्चिम रुकुम आउदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । बिहीबार रुकुमको राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ यात्रुबाहक बस भेरी नदीमा खस्दा ४ जनाको मृत्यु भएको छ । जाजरकोटको भेरी नगरपालिका, १ को खलंगा रिम्ना सडक खण्डअन्तर्गत पिपे नजिकै बस नदीमा खसेको हो । प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार यात्रुबाहक बसको चलानी पुर्जीमा ८ जना यात्रु रहेको देखिएको छ । घाइतेको उद्धारका लागि घटना स्थलमा प्रहरी परिचालन गरिएको छ । रुकुम प्रहरीका अनुसार दुर्घटना स्थलबाट ४ जनाको शव निकालिएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहिबार  २ : २६ बजे