काठमाडौ फागुुन, ३–
कुुल आन्तरिक कर्जा रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालुु आर्थिक बर्षको छ महिनाको अवधिमा कुल आन्तरिक कर्जा आठ दशमलव सात प्रतिशतले बढेको हो ।
अघिल्लो वर्र्षको सोही अवधिमा उक्त कर्जा सात प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ पुस मसान्तमा यस्तो कर्जा २८ दशमलव पाँच प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १२ दशमलव सात प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ११ दशमलव नौ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ पुस मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २३ दसमलव दुुई प्रतिशतले बढेको छ समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप सात दशमलव सात प्रतिशतले बढेको छ । अघिल्लो वर्र्षको सोही अवधिमा यस्तो निक्षेप छ दशमलव नौ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २० दसमलव दुुई प्रतिशतले बढेको छ । संस्थाहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः आठ दसमलव छ प्रतिशत, ३३ दशमलव तीन प्रतिशत र ४७ दसमलव नौ प्रतिशत रहेको छ ।
अघिल्लो वर्र्षको सोही महिनामा यस्तो अंश क्रमशः आठ दसमलव चार प्रतिशत, ३६ दशमलव चार प्रतिशत र ४२ दसमलव दुुई प्रतिशत रहेको थियो । २०७५ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५ दशमलव एक प्रतिशत रहेको छ । २०७४ पुस मसान्तमा यस्तो निक्षेपको अंश ४४ दशमलव तीन प्रतिशत रहेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १२ दशमलव सात प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ११ दसमलव नौ प्रतिशतले बढेको थियो ।
निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा ११ दशमलव नौ प्रतिशतले, विकास बैंकहरुको १९ दसमलव आठ प्रतिशतले र वित्त कम्पनीहरुको १० दशमलव दुुई प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७५ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २२ दशमलव चार प्रतिशतले बढेको छ ।
३ फाल्गुन २०७५, शुक्रबार
0
Shares