मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा भूकम्पको झड्का महसुस



काठमाडौं फागुन, ४–
काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार ८ बजेर ३४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।कीर्तिपुर आसपास केन्द्रबिन्दु भई ४ रिक्टर स्केलको परकम्प भएको छ। खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार यो भूकम्प नभई गोरखा भूकम्पको परकम्प हो। यसअघि फागुन २ गते ताप्लेजुङको कञ्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर ४।६ रिक्टर स्केलको भूकम्प गएको थियो।
त्यसअघि गत माघ ८ गते काठमाडौँको थापाथली केन्द्रबिन्दु भई ३.३ रिक्टरको परकम्प गएको थियो। विसं २०७२ वैशाख १२ को ७।६ रिक्टर स्केलको गोरखा भूकम्पपछि हालसम्म ५११ परकम्प गएको केन्द्रले जनाएको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ३ : ३८ बजे