साताको पहिलो दिनमै बढ्यो सुनको भाउ, कति पुग्यो तोलाको ?



काठमाडौं फागुन, ५–
आज सुनको भाउ ४०० ले बढेको छ । साताको पहिलो दिन नै ४०० ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार सुनको भाउ तोलमा ६२ हजार ५०० मा कारोबार भइरहेको छ ।

साताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलमा ६२ हजार १०० मा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलमा ६२ हजार २०० मा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदी रु ७७५ मा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुनको भाउ तोलामा ७६५ मा कारोबार भएको थियो ।

प्रकाशित मिति : फाल्गुन ५, २०७५ आईतबार  ५ : ३७ बजे