मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालिञ्चोकबाट हिउँमा अलपत्र परेका७०० पर्यटकको उद्धार



दोलखा फागुन, ६–
प्रहरीले हिउँमा अलपत्र परेका झण्डै ७०० पर्यटकको कालिञ्चोकबाट उद्धार गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले करीब १२० सवारीसाधनमार्फत पर्यटकको उद्धार गरेको हो ।

शनिबार साँझदेखि हिमपातका कारण दोलखाको कालिञ्चोक भगवती मन्दिर दर्शन गर्न गएका पर्यटक बीच बाटोमा अलपत्र परेका थिए ।

प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको २२ जनाको संयुक्त उद्धार टोली खटिएको थियो । टोलीले आजसम्म उद्धार कार्य जारी राखेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ६ : ५१ बजे