मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बारामा जीप दुर्घटनामा परेका प्रमुख जिल्ला अधिकारी भट्टराईको निधन



काठमाडौं फागुन, ६–
बारामा जीप दुर्घटनामा परेका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको मृत्यु भएको छ । गम्भीर घाइते भट्टराईको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

गत १२ माघमा भट्टराईको ना १ झ १६३३ नम्बरको स्कार्पियो जीप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किँदा सशस्त्र प्रहरी बलका एसपी बलराम पोख्रेलको घटनास्थलमै मृत्यु भएको थियो । प्रमुख जिल्ला अधिकारी भट्टराईसहित अन्य ३ जना घाइते भएका थिए ।
कर्मचारी मिलन केन्द्र बाराले निजगढस्थित शहीद हिरालाल पार्कमा आयोजना गरेको वनभोज कार्यक्रमबाट फर्किएको जिप पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक दुर्घटना भएको थियो । घटनालगत्तै स्थानीय अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो । उनको परिवारले गत शनिबार मात्रै पत्रकार सम्मेलन गरेर घटना शंकास्पद भएको दाबी गरेको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ९ : २० बजे