मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज पनि नेप्से घट्यो, ११ सय अंकमा सिमित



काठमाडौ फागुुन, ६–
नेप्से ११ सय अंकमा सिमित हुुन पुुगेको छ । आज सोमबार नेप्से सात दशमलव २१ अंकले घटेर ११ सय दुुई दशमलव ५१ अंकमा पुुगेको हो । सेन्सिटिभ पनि आज एक दशमलव आठ अंकले घटेर दुुई सय ३४ दशमलव ३६ अंकमा पुुगेको छ । आज एक सय ६१ कम्पनीहरुको पाँच हजार एक सय ४७ वटा कारोबारमा आठ लाख ७६ हजार दुुई सय आठ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम २३ करोड ४५ लाख ९४ हजार तीन सय ८१ रुपैयाँ पुुगेको छ ।
आज ११ वटा समुहको कारोबार हुँदा होटल र उत्पादमुुलक समुहले कमाए पनि बाँकी नौ वटा समुहले गुुमाएका छन् । गुुमाउने समुहमा परेको वाणिज्य बैंक समुहको कारोबार सुचक आठ दशमलव तीन अंकले घटेर नौ सय ४५ दशमलव ९७ अंकमा पुुगेको छ भने बिकास बैंक समुहको सुचक ११ दशमलव २४ अंकले घटेर १४ सय नौ दशमलव ४७ अंकमा पुुगेको छ । यसैगरी जलबिद्युुत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, फाईनान्स र अन्य समुहको कारोबार सुचक पनि घटेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा चौतारी लघुबित्त बित्तीय संस्था, नविल बैंकको संस्थापक सेयर आदि परेकाछन् भने गुुमाउने कम्पनीहरुको सुचीमा वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाईनान्स कम्पनी, घलेम्दी हाईड्रो लिमिटेड आदि परेकाछन । यसैगरी रकम कारोबारका आधारमा भने नबिल बैंकको संस्थापक सेयर, नविल बैंक कै साधारण सेयर आदि परेकाछन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  १० : १० बजे