मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकार अधिनायकबाद तर्फ अघी बढेको अब पुष्टी भयो : गगन थापा



नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम सांसद गगन थापाले सरकार अधिनायकबाद तर्फ अघी बढेको कुरामा अब कुनै शङ्का नभएको बताएका छन ।सम्सद बैठकमा बोल्दै नेता थापाले  कांग्रेस सभापति शेरबहादुर देउवाले ‘कम्युनिस्टहरूले जिते भने अधिनायकवाद आउँछ, रुन पनि पाइँदैन’ भन्ने गरेको अभिव्यक्ति शुक्रबारको संसदबाट पुष्टि हुँदै गएको बताए । ओली नेतृत्वको कम्युनिस्ट सरकारका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले सामाजिक सञ्जाल नियमन गर्ने बहानामा नियन्त्रण गर्न बनेको विधेयक संसदमा पेश गरेपछि नेपाली कांग्रेस सांसदहरूले अधिनायकवादले जरो गाड्न थालेको भन्दै चर्को बिरोधमा उत्रीएका थिय ।

नेपाली कांग्रेसका सांसदहरूले कम्युनिस्ट सरकारले अधिनायकवादी चरित्र देखाउन थालेको भन्दै सामाजिक सञ्जाल नियमन गर्न बनेको विधेयकको विरोध गरे । कांग्रेसका सांसदहरूले नियमनको नाममा सामाजिक सञ्जाल नियन्त्रण गर्न थालिएको आरोप लगाए ।

नेपाली कांग्रेसका सांसदहरू पुष्पा भुसाल, गगन थापा, डिला संग्रौला पन्त, दीव्यमणि शाहले कम्युनिस्ट सरकारले सदनमा पेश गरेको विधेयकको विरोध गरे । उनीहरूले विधेयकमाथि संसदमा छलफल गरेर मात्रै केही नहुने भन्दै सडकबाट यसलाई फाल्नुपर्ने बताए ।

तर, नेकपाका सांसदहरूले सामाजिक सञ्जाल नियमन गर्न बनेको विधेयकको खुलेर प्रशंसा गरे । विधेयकको समर्थन गर्दै अभिव्यक्ति दिने नेकपाका सांसदहरूमा योगेश भट्टराई, खगराज अधिकारी, महेश बस्नेत, विमला विक, रेणुका गुरुङ, सूर्यप्रसाद पाठकलगायतका थिए ।

संसदमा विधेयकमाथि छलफलका क्रममा उठेका जिज्ञासाहरूको जवाफ दिने क्रममा कम्युनिस्ट सरकारका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाली कांग्रेसको आलोचना गरे । उनले विशेष गरेर गगन थापामाथि केन्द्रित भएर लामो जवाफ दिएका थिए ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  २ : ०७ बजे