मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकामा नेपालीको गोली हानी हत्या



काठमाडौं फागुन, १२-
अमेरिकामा एक नेपालीको गोली हानी हत्या भएको छ । केन्टकी राज्यस्थित एलिजावेथ टाउनमा लम्जुङ घर भएका सुभाष घलेको गोली हानेर हत्या भएको हो ।

हतियारधारीले गोली चलाउँदा घलेसहित दुई जनाको बिहीबार मृत्यु भएको हो । सुभाषले टी–मार्ट सञ्चालन गरेका थिए । हतियारधारी भित्र पसेर उनलाई गोली हानेको थियो । समाचार एजेन्सीहरुका अनुसार ति बन्दुकधारीले आफ्नी प्रेमिकालाई समेत गोली हानेर हत्या गरेको उल्लेख गरेका छन् ।

गोली लागेर दुई जना घाइते भएका थिए । घाइतेहरु स्वास्थ्य लाभ गरेर घर फर्किइसकेका छन् । प्रहरीले गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ६ : ३० बजे