आज देखियो नेप्सेमा उछाल, फाईनान्स बाहेकका सुचक हरिया



काठमाडौं फागुन, १३–
नेप्सेमा बल्ल रौनक देखिएको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से सात दशमलव ४१ अंकले बढेर ११ सय नौ दशमलव ७३ अंकमा पुुग्दा सेन्सिटिभ पनि एक दशमलव ५९ अंकले बढेर दुुई सय ३५ दशमलव ७८ अंकमा पुुगेको छ । आज एक सय ६६ कम्पनीहरुको चार हजार तीन सय १९ वटा कारोबारमा सात लाख २० हजार आठ सय ४५ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम २० करोड ३८ लाख ३९ हजार आठ सय ६४ रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोबार भएकोमा फाईनान्स समुहको सुचक सामान्य अंकले घटेर रातो देखिए पनि बाँकी समुहको सुचक बढेर हरिया देखिएकाछन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक चार दशमलव सात अंकले बढेर नौ सय ४८ दशमलव ३४ अंकमा पुुगेको छ भने बिकास बैक समुहको सुचक दुुई दशमलव २७ अंकले बढेर १४ सय १४ दशमलव २४ अंंकमा पुुगेको छ । जलबिद्युुत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, उत्पादनमुुलक र अन्य समुहको कारोबार सुचक पनि बढेर हरियो भएकाछन् ।
कमाउने कम्पनीहरुको सुुचीमा आज अरुण खोला जलबिद्युुत कम्पनी, प्रुुडेन्सीयल इन्स्योरेन्स लगायतका कम्पनीहरु परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा सहयोगी बिकास बैंक, ग्लोवल आईएमई समुन्नत योजना—१ लगायतका कम्पनीहरु परेकाछन् । यसैगरी रकम कारोबार भएकोमा आधारमा भने आज नबिल बैंक, अपर तामाकोशी हाईड्रो पावर लगायतका कम्पनीहरु अगाडि परेकाछन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  १० : ०१ बजे