मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज भने देखियो नेप्सेमा हरियाली



काठमाडौं फागुुन, १५–
नेप्से आज बुधबार पुुन बढेको छ । यसअघि घटेको नेप्से आज बुधवार दुुई दशमलव ९७ अंकले बढेर ११ सय पाँच दशमलव ५३ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि आज शुन्य दशमलव ५८ अंकले बढेर दुुई सय ३४ दशमलव ८० अंकमा चढेको छ । आज एक सय ६८ कम्पनीहरुको तीन हजार नौ सय २६ वटा कारोबारमा आठ लाख नौ हजार चार सय ६३ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम २१ करोड ९९ लाख ३९ हजार दुुई सय ६१ रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोबार छ वटा समुहको सुचक बढेर हरियो भएको छ भने चार वटा समुहको सुचक घटेर रातो भएको छ । ति मध्ये वाणिज्य बैंक समुहको सुचक दुुई दशमलव ८९ अंकले बढेर नौ सय ४६ दशमलव ६३ अंकमा पुुग्दा होटल समुहको सुचक सात दशमलव छ अंकले बढेर १६ सय ८४ दशमलव तीन अंंकमा चढेको छ । निर्जिवन बीमा, जीवन बीमा, जलबिद्युुत र अन्य समुहको कारोबार सुचक पनि बढेर हरियो भएको छ । आज बिकास बैंक समुहको सुचक भने एक दशमलव ७९ अंकले घटेर १४ सय सात दशमलव ७३ अंकमा पुुगेको छ । फाईनान्स, उत्पादनमुुलक र लघुुबित्त समुहको कारोवार सुचक पनि घटेकाछन् ।
आज कमाउने कम्पनीहरुको सुचीमा भार्गभ बिकास बैक, तिनाउ बिकास बैंक आदि परेकाछन भने गुमाउने कम्पनीहरुको सुचीमा मञ्जुुश्री फाईनान्स, कन्काई बिकास बैंक आदि परेकाछन् । रकम कारोबारका आधारमा भने आज नेपाल बैंक शिखर इन्स्योरेन्स कम्पनी आदि परेकाछन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  १० : २१ बजे