मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली कांग्रेसद्वारा हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीसहित सबै प्रती दुःख व्यक्त



काठ्माण्डौ-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस पार्टिका तर्फबाट शोक बिज्ञप्ति प्रकाशित गर्दैे  ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

सभापति देउवाले शोक बिज्ञप्ति प्रकाशित गर्दैे आकस्मिक घटनामा अधिकारीका निधन भएकोमा नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टी र अधिकारीको परिवारजनप्रति समवेदना व्यक्त गरेका हुन ।

विद्यार्थी जीवनदेखि संघर्ष गरेर अघि बढेका रविन्द्र अधिकारी नेपाली राजनीतिका उदयमान नेता भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै, यति एयरका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनबाट मुलुकले एक सफल व्यवसायी गुमाएको छ भने यो दुःखद घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकोप्टर क्याप्टेन प्रभाकर के.सी. र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधनले देशलाई नै अपुरणिय क्षति पुगेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

दुर्घटनाको कारण पत्ता लगाउन सरकारले तत्कालै गहिरो अध्ययन अनुसन्धानको प्रक्रिया अघि बढाउनु पर्ने पनि बिज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  १ : ४३ बजे