मन्त्री अधिकारीसहित सातैजनाको शव काठमाडौं ल्याउने तयारी, पोष्टमार्टमपछि आजै अन्त्यष्टि गरिने



काठमाडौं फागुन, १६–
ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको शव काठमाडौं ल्याइँदैछ ।

पर्यटन मन्त्रालयका सूचना अधिकारी सुरेश आचार्यका अनुसार दुर्घटनास्थलबाट सुकेटार विमानस्थलमा पुर्याइएका शव हेलिकोप्टरबाट काठमाण्डौ ल्याएर र त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गर्ने तयारी छ । पोष्टमार्टमपछि आजै अन्त्यष्टि गरिने भएको छ ।

हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अत्येष्टि काठमाण्डौ गर्ने कि पोखरामा भन्ने अझै टुंगो लागेको छैन । उहाँका बुवाआमा र परिवारले पोखरामै अत्येष्टि गर्ने इच्छा व्यक्त गरेका छन् ।

सरकारले स्वर्गीय मन्त्री अधिकारीलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने तथा आज राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : फाल्गुन १६, २०७५ बिहीबार  ३ : ३८ बजे