ताप्लेजुङबाट शव लिएर काठमाडौंका लागि उड्यो सेनाको हेलिकप्टर



काठमाडौं फागुन, १६–
ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव लिएर हेलिकप्टर काठमाडौंका लागि उडेको छ । संकलित शव लिएर सेनाको हेलिकप्टर ताप्लेजुङको सुकेटार विमानस्थलबाट काठमाडौं उडेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी गराए ।

बिहान आठ बजेतिर सबै शव संकलन सकिए पनि मौसममा सुधार नआउँदा हेलिकप्टर उडाउन सकिएको थिएन।

बुधबार ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरि फर्किँदा दुर्घटना भएको हेलिकप्टरमा पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार थिए।

प्रकाशित मिति : फाल्गुन १६, २०७५ बिहिबार  ६ : ४६ बजे