मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यति र तारा एयरले शुक्रबार उडान नगर्ने



काठमाडौं फागुन, १६–
शुक्रबार यति एयरलाइन्स र तारा एयरले देशभरि कुनै पनि उडान नगर्ने भएका छन् । हेलिकप्टर दुर्घटनामा परी आफ्ना प्रबन्ध निर्देशक गुमाएको शोकमा देशभरि कुनै पनि उडान नगर्ने भएका हुन् ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै यतिले बुधबारको ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको सम्झनामा सबै उडान बन्द गर्ने जानकारी गराएको छ।

यति र तारा एयरले काठमाडौंदेखि भरतपुर, पोखरा, विराटनगर, धनगढी, नेपालगञ्ज, भैरहवा, जनकपुर, लुक्ला, फाप्लु, ताप्लेजुङ, तुम्लिङटार, जोमसोम, भद्रपुरलगायतका ठाउँमा उडान गर्दै आएका छन्।

यति एयरका प्रबन्ध निर्देशक शेर्पासहित संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी र थप पाँच जनाको बुधबारको दुर्घटनामा मृत्यु भएको थियो।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहिबार  १० : १७ बजे