मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरी हस्तक्षेपको विरोधमा आज देशैभरका सामुदायिक विद्यालय ठप्प



काठमाडौं फागुन, २१–
मंगलबार देशैभरका सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ । राहतमा कार्यरत शिक्षकको आन्दोलनले देशभरका सामुदायिक विद्यालय ठप्प भएका हुन् । उनीहरुले सोमबार प्रहरीले गरेको हस्तक्षेपको विरोधमा आज विद्यालय बन्द गराएका हुन् ।
नेपाल राहत शिक्षक संघर्ष समितिका अध्यक्ष खेमराज अधिकारीले पटक–पटक आन्दोलन गर्दा पनि सरकारले सुनुवाइ नगरेकाले विद्यालय बन्द गर्नु परेको बताए । सरकारसँग जति पटक छलफल गरेपनि आश्वासन मात्रै दिने गरेको र माग पूरा नगरेकाले बाध्य भएर विद्यालय बन्द गर्नु परेको उनको भनाइ छ ।
सोमबार उनीहरूले काठमाडौंमा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीले धरपकड गरेको थियो । जसमा केही शिक्षक घाइते भएका छन् ।

आन्दोलनरत शिक्षकहरुले अब आफ्ना माग सुनुवाइ नहुँदासम्म विद्यालय खुल्न नदिने बताएका छन् । शान्तिपूर्ण रुपमा प्रदर्शन गर्दा अपराधिलाई जस्तो व्यवहार गरेकाले अध्यक्ष अधिकारीको आरोप छ । मंगलबार दिउँसो पनि माइतीघर मण्डलमा प्रदर्शन गर्ने उनीहरुले बताएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ७ : १७ बजे