काठमाडौ फागुुन, २१–
नेप्से आज भने बढेको छ । आज मंगलबार नेप्से दुुई दशमलव छ अंकले बढेर ११ सय दुुई दशमलव ६४ अंकमा पुुगेको छ । सेन्सिटिभ पनि शुन्य दशमलव ३७ अंकले बढेर दुुई सय ३४ दशमलव २५ अंकमा पुुगेको छ । आज कुुल एक सय ७४ वटा कम्पनीहरुको चार हजार तीन सय २७ वटा कारोबारमा सात लाख ३३ हजार चार सय २२ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम २२ करोड ५२ लाख ३१ हजार चार सय ४३ रुपैयाँ पुुगेको छ ।
आज ११ वटा समुहको कारोबार हुँदा ट्रेडिङ र अन्य समुहले गुुमाए पनि बाँकी नौ वटा समुहले कमाएकाछन् । कमाउनेहरु मध्ये वाणिज्य बैंक समुहको सुचक दुुई दशमलव चार अंकले बढेर नौ सय ४२ दशमलव आठ अंकमा पुुग्दा बिकास बैंक समुहको सुचक पनि एक दशमलव १५ अंकले बढेर १४ सय चार दशमलव ४१ अंकमा चढेको छ । जलबिद्युुत समुहको सुचक पनि चार दशमलव ९८ अंकले बढेर ११ सय १० दशमलव १७ अंकमा चढेको छ । निर्जिवन बीमा, लघुबित्त, जीवन बीमा, होटल, फाईनान्स र अन्य समुहको सुचक पनि बढेको छ ।
कमाउने कम्पनीहरुमा आज सुुर्योदय लघुुबित्त बित्तीय संस्था, सेन्ट्रल फाईनान्स आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा सिन्धुु बिकास बैंक, घलेम्दी हाईड्रो पावर कम्पनी आदि परेकाछन् । यसैगरी रकम कारोबार भएको आधारमा भने आज एशियन लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स आदि परेकाछन् ।
२१ फाल्गुन २०७५, मंगलबार
0
Shares