मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज देखियो नेप्सेमा रौनक, १६ अंकले उच्च वृद्धि



काठमाडौ फागुुन, २३–
आज बिहिबार नेप्से १६ दशमलव एक अंकले बढेर ११ सय २७ दशमलव ७७ अंकमा पुुगेको छ । यसैगरी सेन्सिटिभ पनि तीन दशमलव ४३ अंकले बढेर दुुई सय ३९ दशमलव ७२ अंकमा पुुगेको छ । आज एक सय ७६ कम्पनीहरुको पाँच हजार चार सय ६१ वटा कारोबारमा ११ लाख ३९ हजार चार सय ८१ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम २९ करोड छ लाख ९८ हजार आठ सय ११ रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोबार भएकोमा उत्पादनमुुलक समुहको सुचक घटेको छ भने बाँकी नौ वटा समुहको सुचक बढेको छ । सो मध्ये उच्च अंकले बीमा समुहको सुचक बढेकाछन् । निर्जिवन बीमा समुहको सुुचक एक सय पाँच दशमलव २४ अंकले बढेर पाँच हजार चार सय ६५ दशमलव २१ अंकमा पुुगेको छ भने जीवन बीमा समुहको सुचक पनि एक सय ५९ दशमलव ३२ अंकले बढेर पाँच हजार नौ सय तीन दसमलव ७६ अंंकमा पुुगेको छ । वाणिज्य बैंक समुहको सुचक १३ दशमलव ९२ अंकले बढेर नौ सय ६३ दशमलव २३ अंकमा पुुगेको छ । यसबाहेक बिकास बैंक, जलबिद्युुत, फाईनान्स, होटल, अन्य र लघुुबित्त समुहको कारोवार सुचक पनि बढेकाछन् ।
कमाउने कम्पनीहरुको सुचमा आज राधीजलबिद्युुत कम्पनी, पुुर्णिमा बिकास बैंक आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा सेन्ट्रल फाईनान्स, घलेम्दी हाईड्रो पावर कम्पनी आदि परेकाछन् । यसैगरी रकम कारोबारका आधारमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल क्रेडिट एण्ड कर्मस बैंक आदि परेकाछन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहिबार  १० : ०६ बजे