मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा.गोविन्द केसीद्वारा प्रधानमन्त्री ओलीलाई ‘बादशाह’ को संज्ञा



काठमाडौं फागुन, २४–
चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका प्रा.डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बादशाह’ को संज्ञा दिएका छन् ।

शिक्षण अस्पताल महाराजगन्जमा बिहीबार पत्रकार सम्मेलन गर्दै केसीले ओली बादशाह बन्दा देशमा भ्रष्टाचार बढेको बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा नेकपा कार्यकर्ता हाबी भएको र सोही कारण भ्रष्टाचार निवारणमा लाग्नेभन्दा संरक्षणमा सरकार केन्द्रित भएको उनको आरोप छ । ‘दुईतिहाइ बहुमतको सरकारले सस्तो, सुलभ स्वास्थ्य सेवा देशभर पु(याउने काम छाडेर माफियाहरूको स्वार्थमा काम गरेको छ’ केसीले भने ।

केसीले चिकित्सा शिक्षा विद्येयक संशोधन गर्न पनि माग गरेका छन् । उनले विगतमा भएको सम्झौता कार्यान्वयन नगरे पुनः अनशन थाल्ने चेतावनीसमेत दिएका छन् । तर, केसीले अनशनको समयसीमा भने तोकेका छैनन् ।

केसीले भनेका छन्, ‘अख्तियारजस्तो संवेदनशील निकायमा बसेर वर्षौं संगठित अपराधको गिरोह चलाएका राजनारायण पाठकबारे सरकार मौन छ । निर्मला पन्तको बलात्कार र हत्या भएपछि न्यायका लागि सिंगो देश आन्दोलित हुँदा पनि अहिलेसम्म न दोषीलाई कानुनी दायरामा ल्याइएको छ, न त प्रमाण नष्ट गर्ने र नक्कली अपराधी खडा गर्ने प्रहरीहरूमाथि कुनै कारबाही भएको छ । भ्रष्टहरूलाई उन्मुक्ति र पुरस्कार दिइने यही लुटतन्त्र र दण्डहीनता नै अहिलेको सरकारको कार्यशैली बनेको छ ।’

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  २ : ०२ बजे