मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संघीय नेपालकोे नक्सा सार्वजनिक



काठमाडौं फागुन, २४–
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपालको संघीय संरचना बमोजिम आधिकारिक प्रशासनिक नक्सा सार्वजनिक गरेको छ ।

नापी विभागले तयार पारेको नेपालको नक्सा मन्त्रालयले आज ९बिहिवार० मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले उक्त नक्सा रिबन काटेर सार्वजनिक गरेकी हुन् । त्यस अवसरमा नक्साबारे जानकारी दिँदै नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले संघीय संरचना बमोजिम नेपालको प्रशासनिक नक्सा सार्वजनिक गर्न प्रदेशहरूको नामाकरणले ढिलाइ भएको बताए ।

प्रदेशहरूको नामाकरण नसकिएकाले मन्त्री अर्यालको निर्देशनमा हाललाई ३ वटा प्रदेशको मात्र नामाकरणसहितको नक्सा प्रकाशन गरिएको महानिर्देशक भट्टले जानकारी दिए ।

नक्सामा सातवटै प्रदेश, जिल्ला, सदरमुकाम, प्रमुख राजमार्ग, शहरहरू, सिमाहरू, निकुञ्ज, नदी र प्रमुख ठाउँ उल्लेख गरिएको छ । नेपाली भाषामा प्रकाशन गरिएको नक्सामा पालिकाहरू पनि उल्लेख नगरिएको महानिर्देशन भट्टले बताए । क्रमशः प्रदेश, जिल्ला र पालिकाहरूको नक्सा सार्वजनिक गरिने विभागले जनाएको छ ।

मन्त्री अर्यालले यसअघि नै संघीय संरचनाअनुसारको नक्सा प्रकाशन तयारी भए पनि प्रदेशहरूको नामाकरणका कारणा ढिलाइ भएको बताइन् । अहिलेसम्म पुरानै नक्सा प्रयोग गर्दै आएको बताउँदै मन्त्री अर्यालले त्यसबारे केही प्रश्नहरू उठ्दै आएकाले यसअघि नै संघीय संरचना अनुसारको नक्सा ल्याउन नापी विभागलाई निर्देशन गरिसकेको बताइन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  २ : १६ बजे