महिला दिवसमा प्रधानमन्त्री ओलीद्वारा शुभकामना व्यक्त



काठमाडौं फागुन, २४–
प्रधानमन्त्री केपी शर्मा ओलीले १०९औं अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई शुभकामना व्यक्त गरेका छन् । उनले महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत् सारभूत समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेका छन् ।
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले समानताको सोचलाई प्रवद्र्धन गर्दै महिलाको राजनीतिक,आर्थिक सामाजिकतथा साँस्कृतिकअधिकार सुनिश्चितगर्न आफ्नो जीवन अर्पण गर्नु हुने सम्पूर्ण श्रद्धेय व्यक्तित्वहरूको स्मरण गरेका छन् ।
परापूर्वकालमै नेपाली समाजमा नारीको सम्मान गर्ने प्रचलन रहेको उल्लेख गर्दै प्रधानमन्त्रीलेपौराणिक कालदेखि प्रचलित“यत्रनार्यस्तु पुज्यते तत्र रमन्ते देवता”भन्ने लोकोक्तिले नेपाली समाजको विशेषतालाई दर्शाएको बताएका छन् । ‘तर नारीलाई पूजागर्दा ईश्वर पनिखुसीहुने विश्वासमा रहेको नेपाली समाजमा आज पनि कतिपय कुरीति चुनौतिका रुपमा रहेका छन् । तसर्थः हामीलेधार्मिक ग्रन्थहरुमाव्याख्यागरिएकीनारी र व्यवहारमा देखिने नारीको अवस्थाकाबीचमाविद्यमान खाडल पुर्न सक्नै पर्दछ,’ प्रधानमन्त्रीले भनेका छन्, ‘हाम्रो समाजमाविद्यमानदाइजो प्रथा,बोक्सीको नाममाहुने ज्यादति,छाउपडीजस्ता कुरीतिका साथैयौन दुव्यर्वहार र हिंसाका घटनालेनारीको सम्मानगर्ने हाम्रो मौलिक सभ्यतालाई चुनौतिदिइरहेका छन् । अब हामीले विलम्व नगरी विभेदर कुरीतिको अन्त्य गर्दै न्याय र समानतामाआधारित सभ्य समाजनिर्माण गर्न सक्नु पर्दछ ।’
प्रधानमन्त्रीले शासकीय पद्धतिमा भएको परिवर्तनसँगै संघीय संरचनामामहिलाहरुको प्रतिनिधित्वमा राजनीतिक,आर्थिक एवम् सामाजिक क्षेत्रमा उल्लेख्य रुपमा वृद्धिभ एकोमा खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्रीलभनेका छन्, ‘मातृ मृत्युदरमा सुधार,महिलाको कूल साक्षरतादरमा बृद्धितथाउनीहरुकोआर्थिक सशक्तिकरण भइरहेको तथ्याङ्कहरूले देखाएका छन् । पैतृक सम्पत्तिमा समानहक,सामाजिक सुरक्षा र सामाजिकन्यायकालागिभएकानीतिगत र कानूनी व्यवस्थाका कारण सुधारका लक्षणहरू देखिनथालेका छन् । राज्यकाविभिन्न अंगहरूमामहिलाहरुको सहभागिता बढ्दै गएको छ ।’
महिला र पुरुषबीच सारभूत समानताकायमगर्न नीतिगत, संस्थागततथाकार्यक्रमगतप्रयास हँदाहँुदै पनि समाजमा कुनै न कुनै परिमाणमा पितृसतात्मक सोच कायमै रहनु र महिलालाई विकासका सबै चरणहरुमा सारभूत सहभागिता गराउन नसक्नु हामीले परास्त गर्नै पर्ने चुनौतिहरु रहेको प्रधानमन्त्रीले बताएका छन् । ‘आज पनि लैंगिक हिंसा तथागरिबीको प्रभावमहिलाहरुमा बढी परेको देखिन्छ । यस्तो अवस्थामा परिवर्तन गर्नु परेको छ,’ प्रधानमन्त्रीको भनाइ छ, ‘आधाआकाश र आधाधर्ती ओगट्ने महिलाहरुको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय संकल्प साकारहुनसक्दैन ।त्यसैले महिला सशक्तिकरणका लागि संघ, प्रदेश र स्थानीयतहले आ–आफ्नो स्थानबाट नयाँसोचका साथनीति योजना र कार्यक्रम तय गरी लागू गर्नेछन् भन्ने कुरामा म विश्वस्त छु ।’

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ५ : ०६ बजे