मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्राकृतिक स्रोतका लागि स्थानीयस्तरमा विवाद



कैलाली फागुन, २५–
कैलालीका १० वटा स्थानीय तहबीच दुई दर्जनभन्दा बढी ठाउँमा सीमा विवाद छ । तीमध्ये डेढ दर्जन ठाउँको विवाद नदीजन्य पदार्थको उत्खननको भोगाधिकारसम्बन्धी हो । सबैभन्दा बढी गौरीगंगा नगरपालिका र चुरे गाउँपालिकाबीच आठवटा नदी तथा खोलाको स्वामित्वबारे विवाद छ । अन्य स्थानीय तहले पनि जिल्ला समन्वय समितिलाई विवादका विषयमा पत्र पठाएका छन् ।

समन्वय समितिका अनुसार जिल्लाका जानकी गाउँपालिका र लम्की–चुहा नगरपालिकाबीच गोरांगेमा ढुंगा, बालुवा कसले उत्खनन गर्ने भन्ने विवाद छ । जानकी र जोशीपुर गाउँपालिकासँग पथरैया नदीको अधिकारबारे विवाद रहेको समन्वय अधिकारी ओझाले बताए । यसैगरी, मोहन्याल गाउँपालिकाको गौरीगंगा, घोडाघोडी तथा लम्की–चुहा नगरपालिका र बर्दगोरिया गाउँपालिकासँग नदी–खोलाको स्वामित्वबारे विवाद छ । धनगढी उपमहानगर र कञ्चनपुरको कृष्णपुर नगरपालिकाबीच मोहना नदीको अधिकारबारे विवाद चलिरहेको छ ।

सबै स्थानीय तहको आ-आफ्नै दाबी

चुरेसँग जोडिएका ६ वटा खोलामा ढुंगा तथा बालुवा संकलन गर्न कैलालीको गौरीगंगा नगरपालिकाले भदौमा ठेक्का दियो । टेन्डरमार्फत दाहाल मल्टिटे«डर्सलाई दिएको ठेक्काबाट नगरपालिकाले तीन करोड सात लाख रुपैयाँ पाउने सम्झौता गरियो । गौरीगंगाले ठेक्का लगाएकै खोलामा चुरे गाउँपालिकाले पनि अर्को कम्पनीलाई ठेक्का दियो, ढुंगा तथा बालुवा संकलन गर्न । नयाँ पत्रिकामा समाचार छ ।

तीन कम्पनीलाई दिएको ठेक्काबाट चुरेले एक करोड ४५ लाख रुपैयाँमा पाउने सम्झौता भयो । जब दुवै गाउँपालिकाबाट ठेक्का पाएका कम्पनीहरू ढुंगा तथा बालुवा संकलन गर्न खोलामा गए, अनि विवाद सुरु भयो । उनीहरूले खोलामा गएर कर संकलन गर्न थालेपछि विवादले चर्को रूप लियो । एकले अर्कालाई नदीजन्य सामग्री उत्खनन, संकलन तथा निकासी गर्न अवरोध गर्न थाले । विवादकै बीच अहिले नदीजन्य सामग्रीको उत्खनन, संकलन तथा निकासी रोकिएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  १ : ५७ बजे