मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार ऋषि धमला चढेको कार दुर्घटना



काठमाडौं फागुन, २६–
पत्रकार ऋषि धमला गाडी दुर्घटनामा परेका छन् । रिपोर्टर्स क्लव नेपालका अध्यक्ष समेत रहेका धमला आइतबार बिहान करीव साढे पाँच बजे दुर्घनामा परेका हुन् । लाजिम्पाटस्थित निवासबाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर बैद्यखाना आउँदै गरेका धमला सवार कारमा मोटर साइकल ठोक्किन पुगेपछि उनी दुर्घटनामा परेका हुन् ।

दुर्घटनाबाट कार र मोटरसाइकलमा क्षति पुगेको छ । मोटरसाइकल चालक पनि घाइते भएका छन् । धमलाका गाडीका चालक गम्भीर घाइते भएका छन् । चालकलाई अस्पताल भर्ना गरिएको छ ।

अनियन्त्रित गतिमा आएको मोटरसाइकल धमला सवार कारमा ठोक्किएको थियो । कार र मोटसाइकल दुर्घटनाबाट धमला सामान्य घाइते भएका छन् ।

सामान्य घाइते भएपनि धमलाले नेपाली रेडियो नेटकर्वबाट सञ्चालित बहस कार्यक्रम आइतबार बिहान चलाएका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  १ : ४० बजे