मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपाका नेताले युवतीको हत्या गरी शव सप्तकोशीमा फालेको खुलासा



काठमाडौं फागुन, २७–
नेकपाका स्थानीय नेता योगेन्द्र गुरुङ मोरङ बेलबारी–४ की २६ वर्षीया रमिला राईको ‘हत्या’ मा मुछिएका छन् । उनले रमिलाको हत्या गरी शव सप्तकोशी नदीमा फालेको प्रहरी अनुन्धानले देखाएको छ ।

उनी तत्कालीन एमाले बेलबारीका अध्यक्ष बनेका थिए । उनी सामुदायिक अस्पताल र एक साझेदारी वनका अध्यक्ष पनि हुन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ ।

हत्यापछि फरार गुरुङलाई प्रहरीले तीन दिन अघि इलामबाट पक्राउ गरेको थियो । प्रहरीले शुक्रबारबाटै सप्तकोसी नदी आसपासमा शवको खोजी गरिरहेको छ । आइतबारबाट शवको खोजीका लागि बेलबारीका स्थानीय बासिन्दाले पनि प्रहरीलाई सहयोग गरेका थिए ।

आइतबारबाट पौडी खेल्न जान्ने दक्ष प्रहरी टोलीसमेत शवको खोजीमा जुटेको छ । डुंगासहित पौडीबाज प्रहरी टोलीले खोजतलास व्यापक बनाए पनि साँझसम्म शव फेला पार्न नसकिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए ।

पक्राउ परेपछि तत्कालिन एमालेको बेलबारी नगरका पूर्व अध्यक्षसमेत रहेका गुरुङ आफैले घरमै हत्या गरेर शव गायव बनाउन नदीमा लगेर फ्यालिदिएको खुलेको प्रहरीको भनाइ छ ।

प्रहरीले गुरुङले प्रयोग गर्दै आएको बा १५ च ७९१६ नम्बरको कार भने घरैबाट नियन्त्रणमा लिएको छ । गुरुङले आफ्नै घरमा महिलाको हत्या गरेपछि बोरामा पोको पारेर शव यही गाडीमा राखेर कोसी ब्यारेज पुर्‍याएर २९ नम्बर गेटबाट नदीको भँगालोमा फ्यालेको प्रहरीलाई बताएका छन् । गुरुङले बताए अनुसार खटिए पनि प्रहरीले शव भेटिन सकेको छैन । बेपत्ता भएकै रात महिलाको हत्या भएको खुलेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  २ : १६ बजे