माछापुच्छ्रे बैंकले गर्‍यो २ नयाँ शाखाको शुभारम्म



काठमाडौं फागुुन, २७–

माछापुच्छ्रे बैंक लिमिटेडले कावासोती र टाँडी शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । फागुुन २७ गते सोमबार नवलपुरको कावासोती नगरपालिकास्थित कावासोती शाखा कार्यालय र चितवनको रत्ननगर नगरपालिका स्थित टाँडी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो । कावासोती शाखा कार्यालयको उद्घाटन कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दनियाले गरेका हुुन भने टाँडी शाखा कार्यालयको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण बनले गरेका हुन् ।

नयाँ शाखामार्फत बैंकले आप्mना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । बैंकले उक्त शाखाहरुमा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरिएको जनाएको छ । बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ९६ वटा शाखाहरु र ६३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १५९ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ। साथै, बंैकको देशभर ११९ वटा एटीएमहरु संचालनमा रहेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १२ : १५ बजे