मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धेरै मुलुकमा बोइङ ७३७ विमान ग्राउन्डेड, नेपालले गर्न सकेन ठोस निर्णय



काठमाडौं फागुन, २९–
अमेरिकी विमान कम्पनी बोइङको ७३७ म्याक्स ८ सिरिज विमानको सुरक्षामा प्रश्न उठाउँदै केही मुलुकले तत्काल यसको उडान रोके पनि नेपालले यसबारे ठोस निर्णय गरेको छैन ।

नेपालका कुनै पनि कम्पनीसँग यो सिरिजको जहाज नभएको र अन्य मुलुकका जहाजलाई बिना ठोस आधार उडान रोक्न नमिल्ने हुनाले नेपालले यसबारे निर्णय गर्न नसकेको हो ।

नेपाल उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले नेपाली कुनै पनि कम्पनीसँग यो सिरिजको जहाज नभएको भन्दै विदेशी कम्पनीका जहाजलाई त्यसै रोक्न नमिल्ने जानकारी दिए ।

गत आइतबार इथियोपिया र गत अक्टोबर २९ मा इन्डोनेसियामा बोइङ ७३७ म्याक्स ८ विमान दुर्घटना भएको थियो । पाँच महिनाको अवधिमा एउटै सिरिजका दुई विमानको दुर्घटना समान देखिएपछि यसको सुरक्षालाई लिएर संसारभरी प्रश्न उब्जिएको हो । दुवै विमान उचाइ लिएलगत्तै दुर्घटनामा परेका र पाइलटले समस्या आएको टावरलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  १ : ०९ बजे