काठमाडौं फागुन, २९–
सरकार र सीके राउतबीचको ११ बुँदे सम्झौताको विरोधमा प्रदर्शनमा उत्रिएका अधिकारकर्मीलाई प्रहरीले गिरफ्तार गरेको छ । बुधबार मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री कार्यालय सिंहदरबार अगाडि आयोजना गरेको विरोध प्रदर्शनबाट अधिकारर्मी कृष्ण पहाडीसहित १६ जना पक्राउ परेका हुन् ।
समाजले ११ बुँदे अपराधजन्य सहमति र सत्ताद्वारा सार्वभौमसत्तामाथि गरिएको खेलवाडको विरोधमा प्रदर्शन आयोजना गरेको जनाएको छ ।
विरोध प्रदर्शनमा सहभागी पहाडीसहित समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्यहरु नम्रता खरेल, गीता तिमल्सिना, अधिकारकर्मीहरु ईश्वर पुडासैनी, विपी पौडेल, बाबुराम न्यौपाने, विनित अर्याल, नानीकाजी गिरी, भगवान पुडासैनी, अर्जुन लामिछाने, भक्त लिम्बु, नामबहादुर पुनसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।