झण्डै छ अंकले नेप्सेमा वृद्धि



काठमाडौं चैत, ३–
नेप्से झण्डै छ अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से पाँच दशमलव ९९ अंकले बढेर ११ सय ६१ दशमलव ६५ अंकमा पुुग्दा सेन्सिटिभ पनि एक दशमलव आठ अंकले बढेर दुई सय ४७ दशमलव १७ अंकमा पुुगेको छ । आज एक सय ७२ कम्पनीहरुको पाँच हजार पाँच सय ६६ वटा कारोबारमा १४ लाख ७७ हजार आठ सय ९२ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ३७ करोड १२ लाख ३६ हजार दुई सय ५२ रुपैयाँ पुगेको छ ।
आज १० वटा समुहको कारोवार हुँदा तीन वटा समुहले गुमाएकाछन् भने सात वटा समुहले कमाएकाछन् । ति मध्ये वाणिज्य बैैक समुहको सुचक सात दशमलव ६१ अंकले बढेर एक हजार पाँच दशमलव ४३ पुुग्दा जलबिद्युत समुहको सुचक नौ दशमलव एक अंकले बढेर ११ सय ८४ दशमलव ७० अंकमा चढेको छ । फाईनान्स समुहको सुचक पनि आज छ दशमलव ९२ अंकले बढेर छ सय १८ दशमलव छ अंकमा चढेको  छ । आज ललुबित्त, निर्जिवन बीमा, जीवन बीमा र उत्पादनमुलक समुहको सुचक पनि बढेकाछन् । होटल, बिकास बैंक र अन्य समुहको सुचक भने घटेकाछन् ।
कमाउने कम्पनीहरुको सुचमा आज आशा लघुबित्त बित्तीय संस्था, युुनाईटेड फाईनान्स आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा तिनाउ बिकास बैंक, घलेम्दी हाईड्रो पावर कम्पनी आदि परेकाछन् । यसैगरी रकम कारोबारका आधारमा भने आज शाईन रेसुंगा डेभलपमेन्ट बैंक, एनआईसी एशिया बैंक आदि परेकाछन् ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  १० : ०७ बजे