उपचाररत पूर्व मुमा बडामहारानी रत्न अस्पतालबाट डिस्चार्ज : पारस पुगे हजुरआमालाई लिन



काठ्माण्डौ-

रुघा, खोकी, पातलो दिशा हुने र पिसाब कम हुने समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना गरिएकी ९१ वर्षीय पूर्व मुमा बडामहारानी रत्न शाह सोमबार डिस्चार्ज भएकी छिन् ।

डा खगेन्द्रबहादुर श्रेष्ठ, डा मृगेन्द्रराज पाण्डे, डा मधु घिमिरे र डा ब्रजेन्द्र श्रीबास्तव लगायतका डक्टरहरु उनको उपचारमा सम्लग्न रहेका थिय ।

रत्न डिस्चार्ज हुँदा पूर्व युवराज पारस शाह  हजुरआमालाई लिन अस्पताल पुगेका थिए । राजपरिवारका अन्य सदस्यहरु पनि अस्पताल पुगेका थिए ।

पूर्व राजा ज्ञानेन्द्र भने धार्मिक र राजनितिक भ्रमणको क्रममा हाल मधेस तिर रहेका छन ।केहि दिन अघी जनकपुर पुगेका उनलाई त्याहाका नागरिकहरुले भब्य स्वागत गरेका थिय ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ६ : १९ बजे