काठमाडौं चैत, ४–
नेप्सेमा उच्च अंकले गिरावट आएको छ । नेप्से आज सोमबार सात दशमलव ४७ अंकले घटेर ११ सय ५३ दशमलव ९८ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ पनि एक दशमलव ६२ अंकले घटेर दुुई सय ४५ दशमलव ५४ अंकमा झरेको छ । आज एक सय ६९ कम्पनीहरुको चार हजार आठ सय १९ वटा कारोबारमा १३ लाख ९३ हजार पाँच सय ५८ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ३६ करोड सात लाख नौ हजार सात सय ८० रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुुहको कारोबार हुँदा फाईनान्स र उत्पादनमुुलक समुहले कमाए पनि बाँकी आठ वटा समुहले गुमाएकाछन् । गुुमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक छ दशमलव ३७ अंंकले घटेर नौ सय ९९ दशमलव छ अंकमा झरेको छ । आज बिकास बैंक समुहको सुचक छ दशमलव १९ अंकले घटेर १४ सय ५७ दशमलव नौ अंंकमा झरेको छ । जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, होटल, अन्य र लघुबित्त समुहको सुचक पनि घटेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा युुनाईटेड फाईनान्स, मल्टीपर्पोस फाईनान्स आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा जनउत्थान सामुुदायिक लघुुबित्त बित्तीय संस्था, खानीखोला जलबिद्युुत कम्पनी आदि परेकाछन् । यसैगरी रकम कारोबारका आधारमा भने ग्लोबल आईएमई बैंकको संस्थापक सेयर, शाईन रेसुंगा डेभलपमेन्ट बैंक आदि परेकाछन् ।
४ चैत्र २०७५, सोमबार
0
Shares