आज राताम्यै देखियो नेप्से



काठमाडौं चैत, ५–
आज मंगलबार नेप्से रातै देखिएको छ । नेप्से आज छ दशमलव ८३ अंकले घटेर ११ सय ४७ दशमलव १५ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ पनि एक दशमलव ५७ अंकले घटेर दुुई सय ४३ दशमलव ९७ अंकमा झरेको छ । आज एक सय ५८ कम्पनीहरुको दुई हजार पाँच सय ९२ वटा कारोबारमा पाँच लाख ३४ हजार नौ सय ९५ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकमा १४ करोड ८६ लाख ३३ हजार दुुई सय ४५ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज ११ वटा समुहको कारोबार भएकोमा होटल समुहको स्थिर रहेको छ भने बाँकी १० वटा समुहको सुचक घटेर रातै देखिएको छ । वाणिज्य बैंक समुहको सुचक छ दशमलव ७५ अंकले घटेर नौ सय ९२ दशमलव ३१ अंकमा झरेको छ । विकास बैंक समुहको सुचक पनि नौ दशमलव ९८ अंकले घटेर १४ सय ४७ दशमलव ११ अंकमा झरेको छ । जलबिद्युुत समुहको सुचक पनि सात दशमलव ८५ अंकले घटेर ११ सय ६२ दशमलव ४५ अंकमा झरेको छ । फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, उत्पादनमुुलक, अन्य र लघुबित्त समुहको सुचक पनि घटेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आशा लघुुबित्त बित्तीय संस्था, श्रीराम सुुगरमिल आदि परेकाछने गुमाउने कम्पनीहरुको सुचीमा मितेरी डेभलपमेन्ट बैंक, रिडी हाईड्रो पावर कम्पनी आदि परेकाछन् । बढी कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नागरिक लगानी कोष, गुुराँस लाईफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन् ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  १० : ०६ बजे