मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंका ५० चोकमा सिसिक्यामेरा जडान गर्दै महानगर



काठमाडौं चैत, ६–
काठमाडौं महानगरपालिकाले मुख्य ५० चोकमा सिसिक्यामेरा जडान गर्ने प्रक्रिया थालेको छ ।

महानगर र प्रहरीको संयुक्त टोलीले आवश्यक स्थानको पहिचान गरिरहेको छ । क्यामरा जडान गर्न महानगरले महानगरीय प्रहरी परिसरलाई १५ फागुनमा तीन करोड रुपैयाँ हस्तान्तरण गरिसकेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘५० चोकमा सिसिक्यामेरा जडान गर्न महानगरले प्रहरीलाई प्रस्ताव राखेको छ । अध्ययनपछि केही थपघट हुन सक्छ,’ नगर प्रहरी प्रमुख धनपति सापकोटाले भने, ‘शान्तिसुरक्षासँगै फोहोर व्यवस्थापनमा समेत सघाउ पुग्ने हिसाबले सिसिक्यामेरा जडान हुन्छन् ।’ क्यामेरा जडान र व्यवस्थापनको काम प्रहरीले गर्नेछ भने सडक बत्तीको जिम्मा महानगरले लिनेछ ।

सुरक्षाको दृष्टिकोणले संवेदनशील स्थानमा भने घुम्ने प्रकृतिका क्यामेरा जडान हुनेछन् । दुई वा दुईभन्दा बढी बाटो जोडिएका ठाउँमा समेत घुम्ने क्यामेरा जडान गर्ने तयारी भइरहेको छ । बजारमा उपलब्ध भएका उत्याधुनिक क्यामेरा जडान गरिने सापकोटाले जानकारी दिए ।

सिसिक्यामेरा जडानपछि शान्तिसुरक्षा, अमनयचन, पारदर्शी सहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनार तथा सांस्कृतिक तथा सम्पदा क्षेत्रको संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, ट्राफिक जाम तथा अनैतिक गतिविधि नियन्त्रण हुने विश्वास गरिएको छ ।

यसैबीच, काठमाडौं महानगरपालिकाले आगामी शुक्रबारदेखि नयाँ बु्रमरबाट सडक सफा गर्ने भएको छ । अघिल्लो सोमबार इटलीबाट काठमाडौं आइपुगेको ब्रुमर पहिलोपटक रत्नपार्कमा प्रयोग गर्न लागिएको महानगरले जनाएको छ ।

ब्रुमर सञ्चालन गर्न चालक र सहचालकलाई तालिम दिने कामसँगै पार्टपुर्जा जडानका क्रममा रहेको प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  १ : ०९ बजे