काभ्रेमा किशोरीको सामुहिक बलात्कारगर्ने तीन जना पक्राउ



काभ्रेपलाञ्चोक-

काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–७ मा एक किशोरीको सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

यही चैत ३ गते साँझ मण्डनदेउपुर नपा–६ स्थित इन्द्रावती नदी किनारमा १४ वर्षीय एक किशोरीलाई सामूहिक बलात्कार गर्ने चारमध्ये तीनलाई प्रहरीले पक्राउ गरेको हो । बलात्कार आरोपित मण्डन देउपुर नपा–६ देउपुरका २४ वर्षीय पुष्कर राई र २१ वर्षीय प्रकाश दनुवार तथा सोही नपा–७ का २१ वर्षीय रामकुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । अर्का एक किशोर भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  १ : २२ बजे