काठमाडौं चैत, ४–
नेप्से करेक्सनको दिशामा गएको छ । २०७५ सालमा लगातार ओरालो लागेको नेप्से बिसं २०७६ साल लागेदेखि लगातार बढ्न थालेको छ । आज बुुधबार पनि नेप्से चार दशमलव ९९ अंकले बढेर १२ सय सात दशमलव चार अंकमा पुुग्दा सेन्सिटिभ पनि एक दशमलव ३२ अंकले बढेर दुुई सय ६१ दशमलव ५७ अंकमा पुुगेको छ । आज एक सय ७१ कम्पनीहरुको नौ हजार पाँच सय ९७ वटा कारोबारमा २८ लाख एक हजार छ सय १३ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ८२ करोड १६ लाख ९८ हजार १० रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोबार भएकोमा चार वटा समुहले कमाउँदा छ वटाले गुमाएकाछन् । कमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक आठ दशमलव ९३ अंकले बढेर एक हजार ९६ दशमलव ३४ अंकमा पुुग्दा विकास बैंक समुहको सुचक चार दशमलव नौ अंकले बढेर १५ सय सात दशमलव ९४ अंकमा पुुगेको छ । यसैगरी होटल र जीवन बीमा समुहको सुचक पनि बढेकाछन् । जलबिद्युुत, निर्जिवन बीमा, फाईनान्स, उत्पादनमुुलक, अन्य र लघुबित्त समुहको सुचक भने आज घटेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज सिभिल लघुबित्त बित्तीय संस्था, युुनिभर्सल पावर कम्पनी आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा कर्पोरेट डेभलपमेन्ट बैंक, जनउत्थान सामुुदायिक लघुबित्त बित्तीय संस्था आदि परेकाछन् । यसैगरी रकम बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने एनएमबि बैंक, एन आईसी एशिया बैक आदि परेकाछन् ।
बैशाख ४, २०७६ बुधबार
0
Shares










