सुवागढी नाकामा अबैध सुनसहित दुईजना महिला पक्राउ



काठमाडौं –

चीनसँग जोडिएको सुवागढी नाकाबाट एक किलो सुनसहित दुईजना महिला पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोसाइकुण्ड नगरपालिका–१ का ३९ र ३४ वर्षीया महिला छन् । उनीहरुको नाम प्रहरीले खुलाएको छैन ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु दुवैले कम्मरमा बाँधेर सुुनका टुक्रा ल्याइरहेका थिए

शनिबार उनीहरु चीनको केरुङ गएका थिए ।

प्रहरीले केरुङबाट फर्कदै गर्दा उनीहरुलाई सोमबार  बिहान सुनसहित पक्राउ गरेको हो ।

एक किलोको सुनको विस्कुटलाई टुक्रा–टुक्रा पारेर कम्मरको पटुकामा लुकाएर ल्याइरहको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

प्रकाशित मिति : मंसिर ९, २०७६ सोमबार  ९ : ०७ बजे