मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजधानीको टुँडिखेलमा यसरी मनाईयो ल्होछार (फोटो फिचर)



काठमाण्डौ । तामाङ समुदाको नयाँ वर्ष अर्थात सोनाम ल्होछार राजधानीको टुडीखेलमा शनिबार मनाइँएको छ । विगतका बर्ष झै यस वर्ष पनि माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइएको थियो ।

मञ्जुश्री पात्रोअनुसार शनिबारदेखि २८ सय ५६ औँ वर्ष सुरु हुन्छ । शनिबारदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन अर्थात मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।

१२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको पुष्टि हुने अनुसन्धानकता तथा संस्कृतिविदहरु बताउँछन् । तामाङ जातिको बसोबास रहेका ठाउँमा ल्होछार पर्वका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् ।

सोनाम ल्होछारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न दलका नेताहरुले शुभकामना दिनुभएको छ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  १ : ४८ बजे