चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री नेपाल आउने भएका छन् ।
नेपाल भ्रमणमा रहँदा उनले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), माधव नेपाललगायत नेताहरुलाई भेट गर्ने कार्यक्रम रहेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपप्रमुख समेत रहेका क्वोको भ्रमण नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले मिलाएको बताइएको छ । चार सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल काठमाडौँमा चार दिन रहने छ ।
आइतबार नेपाल भ्रमणमा आउन लागेका उपमन्त्री क्वो ए चौको भ्रमणलाई निकै चासोपूर्वक हेरिएको छ ।










