भारतीय विदेश मन्त्री श्रीलङ्का जाने



नयाँ दिल्ली, २१ पुस (रासस,एएनआई) : भारतका विदेश मामिला मन्त्री डा .एस . जयशंकर श्रीलङ्काको भ्रमणमा जान लाग्नु भएको छ ।

उहाँ तीन दिने भ्रमणका लागि मंगलबार त्यसतर्फ प्रस्थान गर्नुहुने अधिकारीहरुले जानकारी दिएका छन् ।

भ्रमणका क्रममा उहाँले श्रीलङ्काका उच्च अधिकारीहरुसँग दुई पक्षीय हित र चासोका बारेमा छलफल गर्नुहुने भएको छ ।

मन्त्री जयशंकरले श्रीलङ्काका आफ्ना समकक्षी दिनेश गुनावर्देना र उच्च पदाधिकारीहरुलाई भेट्ने तालिका रहेको भारतको विदेश मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको वक्तव्यमा लेखिएको छ, “विदेश मन्त्री जयशंकरले यही जनवरी ५—७ सातसम्म श्रीलङ्काका भ्रमण गर्नु हुनेभएको छ । भ्रमणका क्रममा उहाँले उच्च अधिकारीहरुसँग दुई पक्षीय हित र साझा चासोका विषयमा छलफल गर्नुहुने छ ।”

सन् २०२१ लागेपछिको उहाँको पहिलो विदेश भ्रमण हो ।
––

प्रकाशित मिति : पुस २१, २०७७ मंगलबार  १२ : ३७ बजे