कोरोना भाइरसविरुद्धको खोप अभियान भारतमा शुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज खोप अभियानको घोषणा गरेका हुन् ।पहिलो चरणमा डाक्टर, नर्स, सरसफाइ कर्मचारी, प्रहरी तथा सेनालाई खोप लगाउन सुरुवात गरिएको हो।
खोप लगाउनका लागि देशभरी तीन हजार ६ ठाउँमा खोप केन्द्रको व्यवस्था गरिएको र ती सवै भर्चुअल माध्यमबाट एक अर्कामा सम्पर्कमा रहने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन्।
दोस्रो चरणमा ३० करोडलाई भ्याक्सिन दिइने छ । भारतले एक अर्ब ३० करोड व्यक्तिलाई खोप लगाइदिने जनाइसकेको छ । भारतमा सर्वसाधारणका लागि भ्याक्सिन निःशुल्क हुने जनाइएको छ ।
सेरम इन्स्टिच्युटले उत्पादन गरेको अक्सफोर्डको कोभिशिल्ड र भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिन प्रयोगमा ल्याइँदैछ ।










