माधव नेपालले यसरी खोले ओलीको पोल,नेपाल समुहका नेताहरु परे दंग



योगेशले केपी ओली निकै गलिसकेको र पावर शेयरिङका लागि तयार भइसकेको रिपोर्टिङ गरेका थिए । उनी बाहेकका अरु कार्यदल सदस्यहरूको पनि त्यस्तै आशय थियो । रघु पन्त र घनश्याम भुषालचाहिँ ओलीका कुरामा त्यति उत्साहित देखिएका थिएनन् ।

‘केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । मचाहिँ जान्नँ !’ यसरी आफूपक्षीय स्थायी कमिटी बैठकमा माधव नेपालले सोमबार दोस्रो अध्यक्ष पनि अस्वीकार गरेपछि भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टहरू तनावग्रस्त देखिए ।

माधवचाहिँ बोलिरहे, ‘‘तर, प्रशासनिक र राजनीतिक अधिकारसहितको अध्यक्ष भएर जानुस् । अध्यक्ष खान मात्रै अध्यक्ष हुने हो भने त्यसको कुनै अर्थ छैन । त्यसैले तपाईंहरूले नै छान्नुस्, केपीको अध्यक्ष हुन को जाने ? अमृतजी (बोहोरा), मुकुन्द (न्यौपाने) यहीँ हुनुहुन्छ । भीम रावल जाने भए पनि जानुस् वा अष्ट कमरेड‘जो गए पनि हुन्छ ।’

माधवले अगाडि भने, ‘के त्यसो गर्न केपी ओली साँच्चै तयार छन् ? मलाई त त्यस्तो लाग्दैन । पाँच दलीय गठबन्धनबाट हामीलाई अलग्याएर यो सरकारलाई दिएको समर्थन फिर्ता लिन लगाउने, बजेट असफल बनाएर देउवालाई चुनावमा जान बाध्य गराउने, चुनावमा जाने भएपछि हामीलाई एमालेभित्र टिकट बाँडफाँडको क्रममा बिचल्ली पारिदिने ! यही होइन केपी ओलीले चाहेको ?

अनि, उनको मक्सद यस्तो छ भन्ने जान्दाजान्दै तपाईं दोस्रो अध्यक्ष पाइने भयो भनेर ‘खुशखबरी’ सुनाउन हतारिने ? को जानुहुन्छ त्यो अध्यक्ष खान जानुस्, मेरो शुभकामना छ ! मचाहिँ जान्नँ !’ उनले भीम रावलसहितका कार्यदल सदस्यहरूतिर हेर्दै पाँच औँला ठाडो पारेर भने, ‘अब बढीमा एक हप्ता कुरिन्छ‘एक हप्ता, बुझ्नुभयो नि !’ अर्थात्, हरेक राजनीतिक तथा प्रशासनिक निर्णयमा दुई हस्ताक्षर मान्य हुने कुराको निश्चितता हुने कि नहुने जवाफ निम्ति अब एक हप्ता मात्र पर्खिन सकिने, नत्र केपी पक्षसँग वार्ताको ढोका बन्द गर्ने उनको अडान थियो ।

यसरी माधव प्रष्टसँग प्रस्तुत भइरहँदा बैठकमा खासै कोही पनि बोलेनन् ! अनि, ‘युवराज जी‘’, भन्दै हेराईचाहिँ अरुतिर पार्दै माधवले भने, ‘तपाईंहरूले त डुबाउने हुनुहुँदो रहेछ नि ! विश्वासको मत नदिऔँ भन्दै हुनुहुन्थ्यो । कतिपयले दिनु पनि भएन ।

हामीले पनि नदिएको भए के हुने रहेछ त ? यतिबेला चुनावमा हुने रहेछौँ हैन ? तपाईं कहाँबाट चुनावमा उठ्नुहुन्थ्यो ? एउटा टिकट चाहियो भन्दै बालकोटमा रुवाबासी गर्न मलाई पनि लैजानुहुने रहेछ नि, हैन ? अहिले उनी गले, अध्यक्ष दिने भए भनेर तपाईं निक्कै फुर्किनुभएको छ । तर, केपी ओलीको कुनै विश्वास छैन । यो सबै छलछाम हो, तिकडम हो । म त्यस्तो अध्यक्ष खान्नँ‘!’

देउवाले माधव समूह सरकारमा सहभागी नभई संवैधानिक तथा राजनीतिक नियुक्ति खारेजीमा नजाने बताएका छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज भए पनि उक्त अध्यादेशका आधारमा भएका नियुक्ति खारेज हुँदैनन् । त्यसैले संसदबाट संकल्प प्रस्तावमार्फत संसदीय सर्वोच्चताका लागि राजीनामा दिन निर्देशन दिने तयारी भइरहेको जनआस्थाले लेखेको छ ।

प्रकाशित मिति : श्रावण १५, २०७८ शुक्रबार  ११ : २७ बजे