काठमाडौंमा आमरण अनशनरत रुबी खानले १२ दिनपछि अनशन तोडेकी छन्।गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय समिति बनाउने सहमतिसँगै रुबीले १३ दिन लामो अनसन तोडेकी हुन् ।
माइतीघर मण्डलामा मानअवधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएर अनसन तोडाएका हुन् । १३ दिन लामो अनसन तोडेकी हुन्। उनका माग सम्बोधन गर्न सरकारले सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा छानबिन समिति बनाएपछि खानले अनशन तोड्न सहमत भएकी हुन्।
बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि १५ जनाको टोली २० दिन हिँडेर काठमाडौं आएको थियो। काठमाडौं आए लगत्तै प्रहरीले धरपकड गरेपछि रुबीले आमरण अनशन थालेकी थिइन्।रूबी खानले यो अनसन स्थगितमात्रै भएको बताएकी छन्। घटनाबारे सत्यतथ्य बाहिर नआए योभन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएकी छन्।








