नेपाल तरुण दलले देशैभरिका बाढी पहिरो पिडितको उद्दार र राहत वितरण कार्यमा जुट्न दलका जिल्ला समिति, नगर समिति, क्षेत्रीय समिति, वडा ईकाई समितिलाई निर्देशन दिएको छ । दलका अध्यक्ष जित जङ्ग बस्नेतले परिपत्र जारी गर्दै केन्द्रिय समिती मातहतका सबै समितिहरुलाई उद्दर र राहतमा जुट्न निर्देशन दिएका हुन ।
“आफ्नो जिल्ला, क्षेत्रमा हुन सक्ने विपद जोखिमको पुर्वानुमान गरी सचेत रहन र अरुलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्यार र राहत वितरण कार्यमा जुट्न नेपाल तरुण दल जिल्ला समिति, नगर समिति, क्षेत्रीय समिति, वडा ईकाई समिति एवं स्थानीय तहका सम्पूर्ण तरुण साथीहरुलाई नेपाल तरुण दल केन्द्रिय समिति निर्देशन गर्दछ”,परिपत्रमा भनिएको छ, “यस विपदका बेला कार्य गर्ने सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रस लगायतका सामाजिक संघ संस्थाहरु एवं मातृपार्टी र अन्य भातृसंगठन संग पनि आवश्यक समन्वय सहकार्य गर्न निर्देशन गरिन्छ ।”









