बाढी पहिरोबाट घरमा क्षति भएकाहरुलाई घर बनाउन सरकारले ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि भएको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठक यस्तो निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।
बैठकको निर्णयअनुसार सरकारले घर भत्केकाहरुलाई बनाउनका लागि हिमाली जिल्लामा ५ लाख, पहाडी जिल्लामा ४ लाख र तराईका जिल्लामा ३ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको हो ।तेस्तै घर निर्माणका लागि जग्गा नहुनेलाई थप ३ लाख उपलब्ध गराउने निर्णय गरेको छ ।
तेस्तै बिपतमा परी घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने पनि सरकारले निर्णय गरेको छ ।तेस्तै बाढिबाट भएको किसानका बाली क्षतिको आकलन र तथ्यांक संकलन गर्ने निर्णय पनि सरकारले निर्णय गरेको छ ।








