प्रहरीको रासन भत्ता बढाउन गृहमन्त्रीले स्वीकृत गरे फाइल



सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशत वृद्धि गर्ने भएको छ।सरकारले यसअघि नै बजेटमा प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको थियो। सो निर्णयलाई आगामी मन्त्रीपरिषद् बैठकबाट कार्यान्वयन गर्ने सरकारको तयारी छ।

सरकारले आर्थिक वर्ष २०७८र०७९ को बजेट वक्तव्यको बुँदा नम्बर ३९२ नम्बरमा उल्लेखित १५ प्रतिशत वृद्धि भएको रासन रकम उपलब्ध गराउने तयारी गरेको गृह मन्त्रालय जनाएको हो।आगामी मन्त्रिपरिषद् बैठकमा पेस गर्न गृहमन्त्री बालकृष्ण खाँणले रासन भत्ता वृद्धि सम्बन्धी फाइल बिहीबार नै स्वीकृत गरेका हुन्।

मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि गत साउन एक गतेदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीले वृद्धि भएको रासन भत्ता पाउनेछन् ।सरकारले जिल्लाको दर रेट र भौगोलिक क्षेत्रका आधारमा भत्ताको रकम तय गरेको हुन्छ। त्यसैका आधारमा उनीहरूले रासन भत्ता पाउँदै आएका छन्।

प्रकाशित मिति : कार्तिक ४, २०७८ बिहिबार  २ : २८ बजे