नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले काेभिड महामारिको तेस्रो लहर आउन सक्ने सम्भावना उच्च रहेकोले आवस्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन ।नेता पौडेलले सामाजिक सञ्जाल मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन ।
संक्रमणकाे रेगुलर फ्लो अझै ब्रेक हुन नसकेको भन्दै उनले उच्च सतर्कता अपनाउन र बेलैमा सबैले आ-आफ्नो क्षेत्रबाट सकेको पहल गर्न आग्रह गरेका छन । नेता पौडेलले केही दिन यता पश्चिमी देश बेलायत लगायत एशीयाली देश भारतमा कोरोना संक्रमण पुन: तिब्र गतिमा फैलिरहेको समाचारप्रती चिन्ता समेत ब्यक्त गरेका छन ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन,”विकसित देशहरुमा कोभीड विरुद्ध खोपको डोज पूरा गरेर इमिन्युटी बुष्टका लागि अभियान सुरु भइसकेको छ। तर, केही दिन यता पश्चिमी देश बेलायत लगायत एशीयाली देश भारतमा कोरोना संक्रमण तिब्र गतिमा फैलिरहेको समाचार आईरहेका छन्। नयाँ नयाँ भेरियन्टमा विकसित भईरहेको कोरोना भाइरसको संक्रामक क्षमता उच्च हुँदै गएको विज्ञहरुको दाबी छ। संक्रमणकाे रेगुलर फ्लो अझै ब्रेक हुन सकेको छैन भने विकसित हुँदै चक्रीय रुपमा विश्वभर फैलिरहेको छ। यसरी फैलिरहेको काेभिड तेस्रो लहरको रुपमा हाम्रो देशमा महामारी बन्न सक्ने सम्भावना उच्च छ। काेभिडकाे अर्को महामारी फैलिन नदिन आवस्यक पूर्व तयारी गर्न सरकारको तत्काल ध्यान जाओस। साथै उच्च सतर्कता अपनाउन बेलैमा सबैले आ-आफ्नो क्षेत्रबाट सकेको पहल गरौं ।”








