कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूको गृह जिल्ला दार्चुलामा नेकपा एमाले, माओवादी केन्द्र र क्रान्तिकारी माओवादीका डेढ दर्जन कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।बिहीबार जिल्ला सदरमुकाम खलङ्गामा नेपाल ट्रेड युनियन काँग्रेसले गरेको एक कार्यक्रममा उनिहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन ।
उनीहरूलाई मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य बडूले खादा तथा टीका लगाएर पार्टीमा स्वागत गरे ।कार्यक्रममा बोल्दै मन्त्री बडुले लोकतान्त्रिक व्यवस्था र संविधान जोगाउन काँग्रेसले सरकारको नेतृत्व गरेको बताए ।
काँग्रेस प्रवेश गर्नेमा एमालेबाट गणेशराम चुनारा, धिपभान कोली, देवराम कोली, जोगाराम चुनारा, नरेशराम चुनारा, दानीराम चुनारा, आशा सदाशंकर, मिना निरौला, सरला कुमारी रसाइली, सुस्मा देवी निरौला, बसन्ती निरौला, लवराज निरौला, वसन्ती निरौला, ईन्द्रकली निरौला रहेका छन् ।यस्तै नेकपा माओवादी केन्द्रबाट अमृता निरौला, पृया निरौला र नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सदस्य विनोद निरौला लगायत कार्यकर्ताहरु रहेका छन् ।








