जलवायु परिवर्तनजन्य क्षती न्युनिकरणका लागी सरकारले विश्वको ध्यानाकर्षण गराउनुपर्छ : प्रदिप पौडेल



नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले जलवायु परिवर्तनजन्य क्षती न्युनिकरणका लागी विश्वको ध्यानाकर्षण गराउन  सरकारलाई सुझाब दिएका छन ।नेता पौडेलले सामाजिक सञ्जाल मार्फत सरकारलाई सुझाब दिदै जलवायु जन्य विपद व्यवस्थापन गर्न अल्पकालिन, मध्यकालीन र दिर्गकालिन योजना बनाई अगाड़ी बढ्न सरकारसग माग गरेका छन ।

उनले केही महिना पहिलेको सिन्धुपाल्चोक, मनाङ लगायतका ठाउहरूमा गएको बाढी पहिरो र पछिल्लो बेमौसमी बर्षाले धनजन वालीनाली र भौतिक पुर्वाधरमा पुर्याएको अरबौंको क्षतीको स्मरण गराउदै जलवायु परिवर्तनका कारण भबिष्यमा आउन सक्ने प्राकृतिक बिपत्तिका बारेमा अध्ययन अनुसन्धान गरी योजना बनाउनुपर्नेमा पनि जोड दिएका छन ।

नेता पौडेलले फेसबुकमा लेखेका छन्, “जलवायु परिवर्तनका असरहरू दिन प्रतिदिन बढी रहेका छन। केही महिना पहिले सिन्धुपाल्चोकको मेलम्ची खोलामा, मनागं लगायतका ठाउहरूमा गएको बाढी पहिरोले खरबैंको क्षति गराएको थियो। पुन विगत ३४ दिन देखिको निरन्तर वर्षाले धनजन वालीनाली र भौतिक पुर्वाधरमा अरबौंको क्षती पुर्याएको छ। यस्ता जलवायु जन् विपद व्यवस्थापन गर्न जलवायु परिवर्तन अनुकूलनका अल्पकालिन्, मध्यकालीन र दिर्गकालिन योजना बनाई अगाड़ी बड्ढनु पर्ने देखिन्छ। बेलायतमा अर्को महिनामा हुने पक्षयौं राष्ट्रहरूको सम्मेलनमा नेपालले हाम्रो जस्तो पहाडी मुलुकमा जलवायु परिवर्तन जन्य क्षती न्युनिकरणका सवालमा विश्वको ध्यान केंद्रित गर्नु पर्ने हुन्छ।”

प्रकाशित मिति : कार्तिक ५, २०७८ शुक्रबार  ४ : १७ बजे