पूर्वन्यायाधीश फोरमले माग्यो प्रधानन्यायाधीश राणाको राजिनामा



पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आचरण र व्यवहारमा नै गम्भीर शंका रहेको ब ताएको छ ।न्यायाधीशहरूको फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजीनामा दिई निकास दिनु वाञ्छनीय र अनिवार्य भएको उल्लेख गर्दै बिज्ञप्ती समेत जारी गरेको छ ।

विज्ञप्तिमा न्यायापालिकाको स्वतन्त्रता जोगाउनका लागि प्रधानन्यायाधीश स्वयमले निकास दिनु यथोचित हुन सक्ने भन्दै यो वाञ्छनीय र अनिवार्य पनि देखिएको उल्लेख छ ।बिज्ञप्तिमा भनिएको छ,’प्रधानन्यायाधीशबाट न्यायपालिकाको पक्षमा उदारता देखाइएन भने प्रधानन्यायाधीशको सम्बन्धमा उठेका सम्पूर्ण विवादहरूको निष्पक्ष छानबिनका लागि प्रतिनिधिसभाले आफ्नो संवैधानिक कर्तव्य पूरा गर्न अग्रसर हुन हामी आह्वान गर्दर्छौँ।’

राजनीतिक प्रकृतिका अनेकौं संवैधानिक विवादहरु सर्वोच्च अदालतमा विचाराधीन रहेको र यस्ता प्रकृतिका विवादहरु निरन्तर आइरहने तथा कतिपय विवादहरु प्रधानन्यायाधीशकै इजलासले निर्णय सुनाउन बाँकी राखिएको अवस्थामा प्रधानन्यायाधीश र राजनीतिक दलहरुबीचको भागबण्डाको सौदावाजीको कुरा बाहिरिनुले न्यायापालिकाप्रतिको जनआस्थामा नै गम्भीर खतरामा पर्न गएको बिज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : कार्तिक ५, २०७८ शुक्रबार  ६ : २१ बजे