नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। आज अपरान्ह ४ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रस्तिष्ठानमा बस्ने भएको छ ।बैठकमा वडा र पालिका अधिवेशनको समीक्षा हुने बताइएको छ ।
बैठकमा राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिकाको विषयमा पनि छलफल हुने सचिव तामाङले जानकारी दिए । दशौं राष्ट्रिय महाधिवेशन मंसिर १०–१२ गतेसम्म चितवनमा हुनेछ । उक्त महाधिवेशनका लागि प्रतिनधिका विषयमा एमालेले छलफल गर्न लागेको हो ।
एमालेले दसौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा गर्दैछ। महाधिवेशनमा आउने प्रतिनिधि छनौट गर्नेलगायत काम गर्न एमालेले बाँकी नै छ।








