केहि दिन अघिको बेमौसमी बाढी पहिरोका पीडितलाई सरकारले राहत दिने निर्णय गरेको छ ।आज (बिहिबार) बसेको मन्त्रिपरिषदको बैठकले बेमौसमी बाढी पहिरोबाट धानबालीमा पुगेको क्षतिको मूल्यांकन गरेर राहत वितरण गर्ने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सरकारले बढीमा १० कठ्ठासम्म क्षति पुगेका साना किसानहरुलाई क्षतिको अधिकतम ६५ प्रतिशत, मध्यम अर्थात् ३ विघासम्म क्षति पुगेका किसानहरुलाई क्षतिको २० प्रतिशत र ३ विघाभन्दा माथि क्षति भएका किसानहरुलाई २० प्रतिशत क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
राहत उपलव्ध गराउन प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनाएर ५ दिनभित्र कार्यविधि बनाएर त्यसको स्वीकृतिका लागि पेस गर्नुपर्ने भएको छ ।








